काठमाडौं । झापास्थित बीएन्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरलाई मेडिकल कलेजको सम्बन्धन दिन सहमति दिएको छ । चिकित्सा शिक्षा आयोगले बीएन्डसीलाई सम्बन्धन दिने सैद्धान्तिक सहमति गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको आयोगको बैठकले ऐनको दफा १३ (६) बमोजिम बिएण्डसीलाई सम्बन्धन दिने सैद्धान्तिक सहमति भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा ऐनले तोकेको कानुनी प्रक्रिया पूरा गरेको अवस्थामा सम्बन्धन दिन आयोगलाई निर्देशन दिएको निजी मेडिकल कलेजको संगठनका अध्यक्ष बसरुद्धिन अन्सारीले बताए ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १३ (६) मा ऐन जारी हुनुभन्दा अघि मनसाय पत्र लिई मापदण्ड पूरा गरेका काठमाडौं उपत्यका बाहिरको शिक्षण संस्थाका हकमा आयोगले निर्णय गरे बमोजिम हुने व्यवस्था उल्लेख छ ।
आयोगले निर्णय गर्दा यस ऐनको कुनै पनि कुराले बाधा पुग्ने छैन भन्ने उल्लेख छ । बिएन्डसीले २०७२ मा नै मनसाय पत्र लिई काठमाडौं विश्वविद्यालयमा सम्बन्धनका लागि निवेदन दिएको स्रोतको भनाई छ ।




