पछिल्लो २४ घण्टामा कोभिड–१९ का १६२ संक्रमित थपिएका छन् । तीन हजार ९१९ वटा नमुनाको पीसीआर परीक्षण गरिएकोमा १६२ जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७७ हजार ३०९ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ५९ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७२ हजार ७८६ पुगेको छ ।
नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोभिड–१९ का कारण तीन हजार ३० जनाले ज्यान गुमाइसकेका छन् ।
हाल क्वारेन्टिनमा ५९ जना छन् भने आइसोलेसनमा एक ४९३ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भारतमा १४२ प्रतिशतले कोराना सक्रमित भइरेको अवस्थामा नेपालमा पनि संक्रमण दर बढ्न थालेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा संक्रमण दर यो साता ३८ प्रतिशतले बढेको मन्त्रालयका कोभिड बिज्ञले बताएका छन । कोरोना संक्रमणको दर बढ्न थालेपनि सबै सुरक्षाका मापदण्ड अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।




