शिक्षा / स्वास्थ्य

थप ८८ जनामा कोरोना पुष्टि,१३६ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा थप ८८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ८८ जना संक्रमित थपिएको जानकारी दिएको छ ।


अहिलेसम्म कुल २ लाख ७३ हजार ३१ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ५३५ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १३६ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ६९ हजार ७५५ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८.६ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ४८ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २१ लाख ३६ हजार ३०९ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ७१ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा १ हजार ५३५ जना रहेका छन् ।कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कोरोनाबाट थप मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०६१ रहेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.७५ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *