शिक्षा / स्वास्थ्य

२० लाख ६० हजार ८६० को कोरोना परिक्षण : दुई लाख ७० हजार ५८८ जनामा पुष्टि, दुई हजार २० को मृत्यु

बिहीबार २१३ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा दुई सय १३ जना कोरोना संक्रमित थपिएका छन भने दुई सय ९६ संक्रमित कोरोनामुक्त भएका छन । २४ घण्टामा कोरोना संक्रमणका कारण कसैले पनि ज्यान गुमाएका छैनन ।

तीन हजार ७९१ सय जनाको पीसीआर परिक्षण गर्दा २१३ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये १२५ पुरुष र ८८ महिला छन । यो संगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७० हजार ५८८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा ३५.१ प्रतिशत महिला र ६४.९९ प्रतिशत पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

हालसम्म २ लाख ६५ हजार ३६५ जना संक्रमित निको भइसकेका छन । नेपालमा कोरोना संक्रमित निकोहुने दर ९८.१ प्रतिशत छ । मुलुकभर ३ हजार २०३ जना सक्रिय सक्रमितमध्ये ९६१ जना संक्रमित संस्थागत आइसोलेशनमा छन । क्वारेन्टाइनमा भने ११३ जना छन ।

गत २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन । नेपालमा मृतकको संख्या दुई हजार २० पुगेको छ । १४६ जना आसीयुमा र २६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन ।

नेपालमा आरटी–पीसीआर विधिबाट २० लाख ६० हजार ८६० जनाको परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये ४७ वटा सरकारी प्रयोगशालाले १४ लाख तीन हजार सात सय १३ जनाको परिक्षण गरेका छन भने ३५ वटा निजि प्रयोगशालाले ६ लाख ५७ हजार १ सय ४७ जनाको परिक्षण गरेका छन ।

काठमाडौं जिल्लामा सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा बढी छ भने कालिकोट, रुकुम पश्चिम र मुगु कोरोना संक्रमण मुक्त जिल्ला बनेको छन ।

उपत्यकामा कति संक्रमित थपिए ?


सोमवार काठमाडौं उपत्यकामा १३२ जना कोरोना संक्रमित थपिएका छन । जसमध्ये ४४ जना महिला र ७९ जना पुरुष छन । काठमाडौंमा १०७, ललितपुरमा १० र भक्तपुरमा ६ जनामा कोरोन पुष्टि भएको छ ।

कुन प्रदेशमा कति संक्रमित थपिए ?


प्रदेश १ मा ५, प्रदेश २ मा १ , वागमती प्रदेशमा १४७, गण्डकी प्रदेशमा २४, लुम्बिनीमा ३०, कर्णालीमा १ र सुदुरपश्चिम ५ जना संक्रमित थपिएका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *