शिक्षा / स्वास्थ्य

कोरोनाविरुद्धको पहिलो खोप टेकु अस्पतालका निर्देशकलाई

काठमाडौं । कोरोना संक्रमणविरुद्धको खोप अभियान भोलि माघ १४ गतेदेखि देशभर एकैसात सुरु हुँदैछ । अभियानको पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीलाई लगाइने भएको छ ।

यस्तै दोस्रो सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बाँस्तोलाले लगाउने छन् । त्यसपछि टेकु अस्पतालका फ्रन्टलाइनर स्वास्थ्यकर्मीलाई खोप लगाइनेछ । त्यसभन्दा अघि बुधबार १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको उद्घाटन गर्नेछन् ।

टेकु अस्पतालबाट एक हप्ताको अवधिमा करिब ३ हजार ५ सय फ्रन्टलाइनर स्वास्थ्यकर्मीलाई खोप दिइने छ । बुधबार देशभरका ६२ अस्पताल र १ सय २० वटा खोप केन्द्रबाट खोप अभियान सुरु हुँदैछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *