काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ७ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज ११ सय ७५ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ४२ हजार ५ सय ६७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा कुल संक्रमितको सख्या २ लाख ५३ हजार १८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट आज थप १२ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १७७७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।




