काठमाडौं । एक वर्षअघिदेखि फैलिएको कोरोना भाइरसले झन् झन् उग्र रूप लिइरहेको छ । यस अवधिमा विश्वका दुई सयभन्दा बढी देशमा कोरोनाले आक्रान्त बनाएको छ ।
विश्वमा सोमवार मात्रै पाँच लाख तीन हजार ७२४ जना संक्रमित थपिएका छन् । यस्तै, सात हजार ९४९ जनाको मृत्यु भएको छ ।
कोरोनाले हालसम्म विश्वमा १४ लाख एक हजार ८२७ जनाको मृत्यु भएको छ । पाँच करोड ९५ लाख नौ हजार ९०५ जनालाई संक्रमण भएको छ ।
हालसम्म चार करोड ११ लाख ५२ हजार ३९५ जना संक्रमणमुक्त भएका छन् । एक लाख तीन हजार ५६५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।




