मुख्य समाचार

विश्वभर कोरोना संक्रमितको संख्या पाँच करोड ५९ लाख नाघ्यो, नेपालमा पनि बढ्दै छ

काठमाडौं । केही समययता नेपालमा कोरोना भाइरस संक्रमितको संख्या तीव्र विस्तार भएको छ । बीचमा दशैंतिहार जस्ता ठूला चाडपर्व परेकाले पिसिआर परीक्षण गर्नेको संख्या घटेको जस्तो देखिए पनि समाजमा भने कोरोनाको फैलावट उच्च रहेको स्वास्थ्य विज्ञहरू बताउँछन् ।
पछिल्लो तथ्यांकअनुसार नेपालमा दुई लाख ११ हजार ४७५ जना कोरोना संक्रमितमध्ये १२ सय ४७ को मृत्यु भएको छ । खासगरी निमोनियाका विरामी कोरोनाबाट बढी प्रभावित भएको देखिएको छ ।
वल्र्डोमिटरका अनुसार विश्वभर कोरोनाबाट १३ लाख ४३ हजार ३८८ को मृत्यु भएको छ । विश्वभर संक्रमितको संख्या पाँच करोड ५९ लाख पुगेका छन् भने संक्रमणमुक्त हुनेको संख्या तीन करोड ८९ लाख रहेको छ । अझै एक करोड ५६ लाख सक्रिय संक्रमित छन् ।
सबैभन्दा बढी अमेरिकामा एक करोड १६ लाख कोरोना संक्रमित भइसकेका छन् । जसमध्ये दुई लाख ५४ हजारको मृत्यु भइसकेको छ । भारतमा ८९ लाख १२ हजार संक्रमितमध्ये एक लाख ३१ हजारको मृत्यु भइसकेको छ । ब्राजिलमा ५९ लाख ११ हजार संक्रमितमध्ये एक लाख ६६ हजारको मृत्यु भएको छ ।
फ्रान्समा २० लाख संक्रमित संख्यामध्ये ४६ हजारको मृत्यु भइसकेको छ । रुसमा १९ लाख ७१ हजार संक्रमितमध्ये ३३ हजार, स्पेनमा १५ लाख ३५ हजार संक्रमितमध्ये ४१ हजार, बेलायतमा १४ लाख कोरोना संक्रमितमध्ये ५२ हजार र इटालीमा १२ लाख संक्रमितमध्ये ४६ हजारको मृत्यु भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *