काठमाडौं। नेपाली कांग्रेसका शीर्ष नेताहरू पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठ निवासमा बैठक बसेका छन्। बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयनबारे छलफल भइरहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, गृहमन्त्री रमेश लेखक, तथा प्रमुख सचेतक श्याम घिमिरे सहभागी छन्।
यसअघि आइतबार पनि शीर्ष नेताहरूबीच छलफल भएपनि समितिको सभापतिमा सहमति जुट्न सकेको थिएन। हाल समितिको सभापतिका लागि दिलेन्द्र बडू, हृदयराम थानी, सरिता प्रसाईँ र अम्बिका बस्नेतका नाम चर्चामा रहेका छन्।
संसदीय कार्यसूचीअनुसार आज दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता हुने कार्यक्रम छ, जसअघि कांग्रेस नेताहरूबीच अन्तिम सहमति खोज्ने प्रयास जारी छ।




