देश

पूर्व मन्त्री अधिकारीलाई उन्मुक्ति दिने निर्णय विरुद्धको रिट सर्वोच्चद्धारा दरपिठ

काठमाडौं । कोशी प्रदेशका पूर्व कानुनमन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मुद्धा नचलाउने निर्णय विरुद्धको सर्वोच्चमा दायर रिटलाई दर्ता गर्न अस्वीकार गरिएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पेस गरेको रिट निवेदनमा आइतबार निर्णय गर्दै सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेलले रिट दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरिदिएका हुन् ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पूर्व मन्त्री अधिकारीमाथि मुद्धा चलाउन नपपर्ने निर्णय बदर हुनुपर्ने र पुनः अभियोग पत्र दायर गर्नु भनी आदेश माग गरेका थिए ।

सर्वोच्च अदलातका रजिस्ट्रार पोखरेलले भने मुद्धा चलाउने वा नचलाउने अधिकार जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुखलाई ऐनले नै दिएकाले त्यसविरुद्ध रिट दर्ता नहुने भन्दै दरपिठ गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *