देश

प्रतीक थापालाई म्याद थपका लागि लगियो सरकारी वकिलको कार्यालय

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई जिल्ला सरकारी वकिलको कार्यालय लगिएको छ । सरकारी वकिलको कार्यालयमा हाजिर गराएर उनलाई आजै म्याद थपका लागि जिल्ला अदालत काठमाडौँ लगिने छ ।उनलाई प्रहरीले शुक्रबार काठमाडौँको बौद्धबाट पक्राउ गरेको थियो ।

हिजो (शनिबार) बिदा भएकाले थापालाई म्याद थपका लागि आइतबार अदालतमा पेश गर्न लागिएको हो । उनी नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा हुन् । भुटानी शरणार्थी प्रकरणमा जोडिएका उनी लामो समयदेखि फरार थिए । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा उनलाई फरारकै सूचीमा राखेर अभियोग दर्ता गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *