देश

ढोलाहिटी घटना प्रकरणमा दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं । ललितपुर जिल्ला अदालतले ललितपुरको ढोलाहिटीमा आफ्नै साथीको हत्या गरेको अभियोगमा मुद्दा चलाइएका ५ जनामध्ये २ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

बिहीबार ललितपुर जिल्ला अदालतका न्यायाधीश धनीश्वर पौडेलको इजलासले विजय राई र राजु गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। गत चैत ११ गते राति ढोलाहिटीको डी–पपिना रेस्टुराँमा पाँचथरका २९ वर्षीय पुजन राई र सुनसरीका २८ वर्षीय रेवश राईको हत्या भएको थियो। होटल सञ्चालक विजय राईले चक्कु प्रहार गरी उनी

जिल्ला अदालत ललितपुरका प्रवक्ता रामसजिवन महतोका अनुसार सुलभ राई र विशाल राईलाई पाँचपाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ। छेङबिहाङ राईलाई भने सात लाख धरौटीमा छाड्न आदेश भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *