देश

सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ सकियो

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ६ जनाको संसदीय सुनुवाइ सकिएको छ ।

मंसिर २९ देखि संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ थालेको थियो । अब उनीहरुको नाम अनुमोदनका लागि ४ पुसमा अर्को बैठक बस्ने समितिले निर्णय गरेको छ ।

प्रस्तावित ६ न्यायाधीशमा सुनिलकुमार पोखरेल, बालकृष्ण ढकाल, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सारंगा सुवेदी र अब्दुल अजीज मुसलमान छन् ।

समितिबाट नाम अनुमोदन भएमा राष्ट्रपतिबाट नियुक्त गर्ने व्यवस्था छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *