देश

भूकम्पपीडितका लागि एकीकृत समाजवादीले दियो सरकारलाई २५ लाख

काठमाडौँ । जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडितहरूको सहयोगका लागि सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण गरेको छ ।

आज (मंगलबार) बिहान अध्यक्ष माधवकुमार नेपाललगायत एकीकृत समाजवादीका नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई २५ लाख रुपैंयाँको चेक हस्तान्तरण गरेका हुन् ।

यही कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यु भएको छ भने दुई सय बढी घाइते भएका छन् । करोडौँ बराबरका भौतिक संरचना क्षति भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *