काठमाडौं । प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपाली बजारमा दशैं लक्षित विशेष अफर सार्वजनिक गरेको छ ।
नेपालका लागि अल्ट्राभायोलेटको आधिकारिक वितरक वैद्यज अर्गनाइजेशनले दशैंको अवसरमा अल्ट्राभायोलेटका मोटरसाइकल खरिद गर्ने प्रत्येक ग्राहकलाई निःशुल्क हेल्मेट र डायमन्ड कोटिङ उपलब्ध गराउने जनाएको छ । साथै, ग्राहकका लागि इजी फाइनान्सिङ सुविधा पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
दशैं विशेष योजनाअन्तर्गत अल्ट्राभायोलेटको कुनै पनि मोटरसाइकल खरिद गर्ने ग्राहकले निःशुल्क हेल्मेट तथा डायमन्ड कोटिङ प्राप्त गर्नेछन् ।
यसअघि नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसरमा अल्ट्राभायोलेटले आफ्नो नयाँ क्रसओभर मोडल एक्स४७ नेपाली बजारमा सार्वजनिक गरेको थियो । नेपाली बजारमा एक्स४७ को मूल्य ६ लाख ८४ हजार ९०० रुपैयाँ तोकिएको छ ।
दशैंलाई लक्षित गरी ल्याइएको योजनामार्फत कम्पनीले ग्राहकलाई प्रिमियम इलेक्ट्रिक मोटरसाइकलसँगै सुरक्षा र संरक्षणका लागि आवश्यक सामग्री तथा सहज फाइनान्सिङ सुविधा उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ ।
अल्ट्राभायोलेट एक्स४७ खरिद गर्न चाहने ग्राहकले आधिकारिक शोरुम तथा बिक्री केन्द्रमा सम्पर्क गरी दशैं अफर, इजी फाइनान्सिङ तथा एक्स४७ सम्बन्धी थप जानकारी लिन सक्नेछन् ।




