अर्थ

दुई विकास बैंक राष्ट्र बैंकको कारबाहीमा

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक र लुम्बिनी विकास बैंक नेपाल राष्ट्र बैंकको कारबाहीमा परेका छन् । चालु आर्थिक वर्ष पहिलो त्रैमासमा केन्द्रीय बैंकले न्यूनतम पूँजी कोष अनुपात कायम गर्न नसकेका कारण सप्तकोशीलाई शीघ्र सुधारात्मक कारबाही गरेको छ भने नियम विपरित सेवा सुविधा वृद्धि गरेको पाएपछि लुम्बिनीको सञ्चालक समितिलाई सचेत गराएको हो ।

राष्ट्र बैंकले गरेको स्थलगत निरीक्षणका बैंकको पूँजी कोष अनुपात तोकिएको सीमाभन्दा २४.९ प्रतिशतले कम भएपछि शीघ्र सुधारात्मक कारबाही गरिएको हो । २०८२ असार मसान्तको पछिल्लो वित्तीय विवरण अनुसार बैंकको न्यूनतम पुँजीकोष अनुपात ७.५१ प्रतिशत रहेको छ । जुन राष्ट्र बैंकले तोकेको न्युतम पुँजीकोष अनुपातमा २४.९ प्रतिशतले कम हो । राष्ट्र बैंकले न्यूनतम पुँजीकोष अनुपात १० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ । तोकेको न्यूनतम पूँजी कोष अनुपात कायम गर्न नसकेका बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही गर्ने प्रावधान रहेको छ ।

त्यस्तै केन्द्रीय बैंकले चालु पूँजी प्रकृतिका कर्जाहरू आवश्यक कागजात नलिई संस्थाको कोर बैंकिङ प्रणालीमा समयावधि थप गरेको, कर्जा नोक्सानी व्यवस्था सम्बन्धी विवरण यथार्थपरक नभएको तथा राष्ट्र बैंकमा गरेको रिपोर्टिङ विश्वसनीय नभएको र बैंकबाट दिइएका निर्देशन पालना नगरेको पाइएकाले संस्थाका सीईओ दिनेशकुमार पोखरेललाई सचेत गराइएको केन्द्रीय बैंकले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *