अर्थ

समयमै नवीकरण नगरेका २ मनिचेञ्जरको इजाजतपत्र रद्द

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ मनिचेञ्जर कम्पनीको इजाजतपत्र रद्द गरेको छ । बैंकले सूचना जारी गर्दै तोकिएको समयमा इजाजतपत्र नवीकरण नगरेकोले इजाजतपत्र रद्द गरिएको जानकारी दिएको हो ।

रद्द गरिएका मनिचेञ्जरहरूमा काठमाडौँ महानगर–२६ स्थित युनियन करेन्सी एक्सचेन्ज प्रालि र ठमेल स्थित केटीएम ओम मनि एक्सचेन्ज प्रालि रहेका छन् ।

मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण नियमावली, २०७९ (चौथो संशोधन सहित) को विनियम १९ को उप विनियम (३) मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा (म्याद समाप्त भएको मितिले तीन महिनाभित्र) नवीकरण गर्न नसकेकोले इजाजतपत्र रद्द गर्ने निर्णय भएको सूचनामा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *