अर्थ

राष्ट्रियसभाः अर्थमन्त्री पौडेलद्वारा बजेट टेबुल

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) टेबल गरेका छन्।

बैठकमा अर्थमन्त्री पौडेलले यसअघि सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) टेबल गरेका हुन्।

राष्ट्रियसभाको अर्को बैठक यही जेठ २० गते मङ्गलबार दिउँसो १ः१५ बजे बस्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *