अर्थ

गभर्नर सिफारिस समितिबाट तीन नाम अगाडि, शीर्षमा विश्व पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिले मंगलबार तीन जनाको नाम मन्त्रिपरिषद्मा पठाएको छ। तीमध्ये सबैभन्दा अगाडि प्रा.डा. विश्वनाथ पौडेलको नाम सिफारिस गरिएको छ। दोस्रो नम्बरमा राष्ट्र बैंककी डेपुटी गभर्नर नीलम ढुंगाना तिमिल्सिना र तेस्रो नम्बरमा पूर्वसचिव दिनेश भट्टराईको नाम रहेको समितिका एक सदस्य रहेको स्रोतको दाबी छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आजै बिहान पौडेललाई गभर्नर बनाउने सहमति बनेसँगै समितिको सिफारिसले उनको नियुक्तिको सम्भावना अझ बलियो बनाएको छ।

सिफारिस समितिको बैठकपछि अर्थमन्त्री विष्णु पौडेल ती नामसहित मन्त्रिपरिषद् बैठकमा सहभागी हुन बालुवाटार पुगेका छन्। बैठकले आजै गभर्नर नियुक्तिको टुंगो लगाउने तयारी गरेको स्रोतले जनाएको छ।

यससँगै राष्ट्र बैंकको नेतृत्व पौडेलले सम्हाल्ने लगभग निश्चित देखिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *