अर्थ

नेपाली बजारमा सुनको मुल्यमा नयाँ किर्तिमान, कति पुग्यो?

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्यमा नयाँ किर्तिमान कायम भएको छ ।

आज सुनको मूल्य तोलामा ४ सयले बढेर तोलाको एक लाख ६१ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।

यस अघि असोज ११ गते सुनको मुल्य एक लाख ६१ हजार २ सयमा कारोबार भएको थियो ।

त्यस्तै विहिबार भने सुनको मूल्य एक लाख ६० हजार ९ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदीको मुल्य ३ रुपैयाँले बढेर १९८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *