काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले देशको राजनीति पेचिलो अवस्थामा रहेको स्मरण गराउदै देशको राजस्वले चालु खर्च धान्न नसक्ने अवस्थामा रहेको बताउँदै एक अर्ब रुपैयाँ राजस्व संकलन गर्दा दिनमा दुई अर्ब खर्च हुने गरेको उल्लेख गरे । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो उद्घोष गरेका हुन् ।
लिएको ऋणको साँवाब्याज तिर्न नसक्ने र तिर्दा पनि पुँजीगत खर्चभन्दा बढी आकार भएको अवस्था विद्यमान अवस्थामा रहेकाले राजनीति, शैक्षिक, निजी क्षेत्रका विकृति र विसंगतिको अन्त्य गरिनुपर्नेमा उनको भनाइ छ । मन्त्री पाण्डेले सबैभन्दा माथि जनता रहेका भन्दै उनीहरूका अपेक्षाअनुसार काम गर्नुपर्ने बताए ।




