अर्थ

सशस्त्र प्रहरी खटेको केही दिनमै त्रिभुवन विमानस्थलबाट आधा किलो सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार करिब आधा केजी सुनसहित एक युवा पक्राउ परेका छन् । झापाका २३ वर्षीय खगेन्द्र दर्जी ४९९ ग्राम सुनसहित पक्राउ परेका हुन् ।

हिमालय एयरलाइन्सको उडानमा दोहाबाट काठमाडौं आएका उनलाई पक्राउ गरिएको विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले जानकारी दिएका छन् । केही दिनयता विमानस्थल भन्सार सुरक्षार्थ सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । विमानस्थलमा सशस्त्र प्रहरीलाई पनि सुरक्षार्थ खटाइएपछि नेपाल प्रहरीले असन्तुष्टि जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *