काठमाडौं । डीसहोमले आइसिसी टि २० विश्वकप एसिया छनोटमा नेपाली खेलाडीलाई हौसला प्रदान गर्दै पचास हजारदेखी बीस लाख सम्मको अफर घोषणा गरेको छ । डिसहोमले बुधबारबाट आइसिसी टि२० विश्वकप एसिया छनोटमा नेपाली खेलाडीलाई हौसला प्रदान गर्दै पचास हजारदेखी बीस लाख सम्मको अफर घोषणा गरेको हो ।
डीसहोमले हरेक Inning मा नेपाली खेलाडीहरुले एकै खेलमा Century र 5 Wickets दुवै गरेमा 20 लाख Century गरेमा रु. 10 लाख 5 Wickets लिएमा 5 लाख Half-Century गरेमा रु. 1 लाख 3 Wickets लिएमा रु. 1 लाख 35 Runs को लागि रु. 50 हजार 3 Catches/Stumpings गरेमा रु. 50 हजारकाे घाेषणा गरेकाे छ ।
आइसीसी क्रिकेट विश्वकप छनोटमा नेपाली खेलाडीहरुलाई प्रोत्साहन गर्दै विभिन्न संस्थाहरुले पुरस्कार राशी घोषणा गरिरहेका छन । सबै भन्दा पहिला अर्ना वियर कम्पनीले नेपाली खेलाडीहरुलाई हौसला प्रदान गर्दै अंकका आधारमा २५ हजारसम्मको पुरस्कार राशी घोषणा गरेको थियो । त्यस्तै दिमाख खराब चलचित्रले पनि नेपाली म्यान अफ द म्याच खेलाडीहरुलाई हौसला प्रदान गर्दै ५० हजार रुपैँया प्रदान गर्दै आएको छ ।




