अर्थ

राष्ट्रिय वाणिज्य बैंकद्वारा ग्लोबल मनी विक कार्यक्रम सञ्चालन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ग्लोबल मनी विकको अवसरमा देशभरी विभिन्न १३४ शाखा कार्यालयहरु मार्फत १० हजार भन्दा बढी नागरिककाबीच साझा वितीय चेतना अभिवुद्धि कार्यक्रम सञ्चालन गरेको छ । लक्षित वर्गमा युवा विद्यार्थी, कर्मचारी, मजदुर, कृषकहरु रहेका छन् । नेपाल राष्ट्रिय बाणिज्य बैङ्कले हरेक वर्ष मार्च महिनाको दोस्रो हप्ता ग्लोबल मनी विक मनाउने गरेको थियो । यस्तै यसवर्ष पनि बैंकले चैत ६ देखि १२ गतेसम्म साताव्यापी प्लान योर मनि, प्लान्ट योर फ्यूचरको नारासहित ग्लोबल मनी विक सम्पन्न गरेको छ ।

अभियान अन्तर्गत बैंकले डिजिटल बैंकिङ्ग, क्यूआर, पोस सेवा, आरविवि स्मार्ट बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, पिन तथा पार्सवर्ड सुरक्षा, ओटिपी, रेमिट्यान्स कारोबार, बचत तथा कर्जाको सदुपयोग सम्बन्धी संचेतना कार्यक्रम सञ्चालन सम्पन्न भएको थियो ।

बैंकले केही वर्षदेखि हरेक वर्ष सबै शाखा कार्यालयहरु मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । बैंकल यो वर्ष पनि विभिन्न शाखा कार्यालयहरुमार्फत वित्तीय सचेतनामूलक अन्तरक्रिया सञ्चालन गरेको छ । बैङ्कले सामाजिक सञ्जालबाट चेतनामूलक श्रव्यदृष्य सामग्रीहरु समेत प्रसारण गरेको छ ।

‘ग्लोबल मनी विक’ मुलतः किशोर÷किशोरी तथा युवा÷युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण गराउने उद्देश्यले विश्वव्यापी रुपमा सन् २०१२ देखि प्रत्येक वर्ष विश्वका १७६ भन्दा बढी मुलुकमा अभियानका रुपमा संचालन हुदैँ आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *