बैंक/ शेयर

सेयर बजार ५.३२ अंकले ओरालो

काठमाडौं। साताको अन्तिम कारोबार सेयर बजारमा बिहीबार ओरालो लागेको छ । नेप्से सूचक ५.३२ अंकले घटेर १९३३.३१ विन्दुमा आएर रोकिएको छ ।

१ अर्ब १४ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको
यस्तै, सेन्सेटिभ इन्डेक्सम ०.१५ अकले घटेर ३६४.७८ बिन्दुमा आएको छ ।

बिहीबार ३४ लाख २ हजार २७६ कित्ता सेयर किनबेच भएको छ ।
त्यस्तै, युनिक नेपाल लघुवित्त र शुवम पावरको १० प्रतिशतले मुल्य वृद्धि भएको छ । यी कम्पनीहरुले सर्वाधिक कमाएको छ ।

यता, एनआईसी एसिया बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । यसको बिहीबार करिब ५ करोडको कारोबार भएको छ । यता नविल बैंकको करिब ४ करोडको कारोबार भएको छ ।

बिहीबार १३ उपसुचकहरुमा ४ कम्पनीको मुल्यमा सामान्य वृद्धि भएको छ भने बाकी सबै कम्पनी राताम्मै भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *