अर्थ

एनआईसी एसिया घरेलु लिगको बैंकिङ पार्टनर

काठमाडौं । एनआईसी एसिया बैंक सहिद स्मारक ए डिभिजन लिगको बैंकिङ पार्टनरको रुपमा जोडिएको छ ।

लिगको मार्केटिङको अधिकार पाएको एमडीएसी स्पोर्टसले एनआईसी एसिया बैंकलाई बैंकिङ पार्टनरको रुपमा जोडेको हो ।

एनआईसी एसियासँग सम्झौता गरेपनि रकमको विषयमा एमडीएडी स्पोर्टसले खुलाएको छैन ।

यस वर्षको ए, बी र सी डिभिजन लिगको मार्केटिङ, ब्रोडकास्टिङ र टिकेटिङको अधिकार एमडीएसी स्पोर्टसले दुई करोडमा खरिद गरेको थियो ।

भोलि फागुन १९ गतेदेखि सुरु हुने ए डिभिजन लिगमा दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटो गरि ३ वटा रंगशालामा हुनेछन् । जम्मा १ सय ८२ खेलबाट लिग विजेता टोलीको टुङ्गो लाग्नेछ ।

टिकटको मूल्य सामान्य पारापिटतर्फको १०० र भीआईपी पारापिटतर्फ ३०० रुपैयाँ तोकिएको छ । टिकट अनलाईनमा इसेवाबाट लिन सकिनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *