अर्थ

शेयर लगानीकर्ताहरुले प्रचण्डको घर घेराउ गर्ने

काठमाडौं । शेयर लगानीकर्ताहरुले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको घर घेराउ गर्ने भएका छन् ।

शेयर बजारको सुधारको माग गर्दै शुरु भएको दबाबमुलक अभियानअन्तर्गत लगानीकर्ताहरुले आन्दोलन शुरु गरेका छन् । यसअघि उनीहरुले राष्ट्र बैंक समेत घेराउ गरेका थिए ।

लगानीकर्ताहरुले सोमबार बिहान साढे ७ बजे प्रचण्डको निवास घेराउ गर्ने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *