अर्थ

एमालेले हावादारी भनेको बजेटलाई नीजि क्षेत्रद्वारा स्वागत

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले हावादारी भनेको आगामी आर्थिक वर्षको बजेटलाई नीजि क्षेत्रले भने स्वागत गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले बजेट सकरात्मक रहेको भन्दै स्वागत गरेको हो । बजेट सकारात्मक रहेको भएपनि ठूलो आकार र उच्च आर्थिक वृद्धिको लक्ष्य भने चुनौतीपूर्ण हुन सक्ने महासंघले विज्ञप्तीमा उल्लेख गरिएको छ ।

बजेटले कृषि उत्पादनको राष्ट्रिय अभियान वर्ष घोषणा गर्दै आधारभूत कृषि उत्पादन धान, मकै, गहुँ, तरकारी र फलफूलको आयात आगामी आर्थिक वर्षमा ३० प्रतिशतले कम गर्ने कुरा सकारात्मक रहेको महासंघको ठहर छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *