अर्थ

कुमारी बैंक ऋण प्रकरण : राष्ट्र बैंकले समेत छानविन गर्दै

काठमाडौं । गायक योगेश्वर अमात्यको जग्गाको नक्कली कागजात बनाएर ऋण प्रवाह गरेको कुमारी बैंकमाथि राष्ट्र बैंकले छानविन शुरु गरेको छ ।

केन्द्रीय बैंकले इन्स्पेक्सन टोली नै बनाएर कुमारी बैकको ऋण प्रकरणको छानविन गरिरहेको जनाएको छ ।

राष्ट्र बैंकले कुमारी बैकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिना र दुईजना सञ्चालकलाई बोलाएर ऋण प्रवाहका बारेमा छलफल गरेको हो ।

राष्ट्र बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेलका अनुसार कुमारी बैंकमा भएको ऋण प्रकरणमा छानविनका लागि टोलीले काम गरिरहेको र त्यसले दिने प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अघि बढाउने बताएका छन् ।

नक्कली लालपूर्जा राखेर १९ करोड ऋण प्रवाह भएको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले छानविन गरिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *