अर्थ

सेयर बजारमा चासो बढ्दै : डिम्याट खाता मात्रै ४६ लाख भन्दा बढीले खोले

काठमाडौं । पछिल्लो समय नेपाली सेयर बजारमा डिम्याट खाता खोल्लनेहरुको संख्या हत्तै बढ्न थालेको छ । नेपालमा डिम्याट खाता मात्रै हाल सम्म ४६ लाख भन्दा बढीले खोलेका सिडिएस एण्ड क्लियरिङले जनाएको छ । कोरोना महामारीको कारण आर्थिक चलाएमान कम रहेका बेला नेपालमा सेयर बजारका कारोबार हत्तै बढेको थियो ।

गत चैत्र मसान्त सम्ममा ३२ लाख ७२ जनाको खोलेको डिम्याट खाता पछिल्लो सात महिनाको अबधिमा बढेर ४६ लाख भन्दा बढी पुगेको छ । पछिल्लो सात महिनामा मात्रै १४ लाख भन्दा बढीले डिम्याट खाता खोलेको सिडिएस एण्ड क्लियरिङले जनाएको छ । डिम्याट खाता खोल्नेको संख्याम बृद्वि भए संगै सेयर बजारमा नयाँ लगानीकर्ताको संख्या समेत बढेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *