काठमाडौं । सरकारले अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारमा डा. सुरेन्द्रकुमार उप्रेतीलाई नियुक्त गरेको छ ।
बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा डा. उप्रेतीलाई राज्यमन्त्रीसरहको सल्लाहकारमा नियुक्त गरेको हो ।
त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्ने डा. उप्रेतीले यसअघि कर्णाली प्रदेश सरकारको आर्थिक विज्ञ रुपमा काम गरेका थिए। तेह्रथुमका उप्रेतीले यसअघि शर्मा ऊर्जामन्त्री हुँदा विद्युत् उत्पादन कम्पनीको विज्ञ सदस्यका रूपमा नियुक्ती पाएका थिए ।




