समाचार

साताको कारोबारको अन्तिम दिन नेप्से दोहोरो अंकले बढ्यो, ६ अर्ब ७० करोड ७७ लाख बराबरको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोवारको अन्तिम दिन बिहिबार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से १९।१२ अंकले बढेर दुई हजार ८ सय ४३ विन्दुमा पुगेको छ ।

आज नेप्सेमा ६ अर्ब ७० करोड ७७ लाख बराबरको कारोबार भएको छ भने कारोबार भएका समूहमध्ये नन लाइफ इन्स्योरेन्स समूहबाहेक मध्ये अन्य सबै समूह बढेका छन् ।

त्यस्तै, आज चार कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीहरुमा ओरियण्टल होटल, गुडवील फाइनान्स कम्पनी, ग्रिन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंक रहेका छन् । यी कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।

त्यसैगरि, आज कुमारी इक्युटी फण्डको शेयरमूल्य सर्वाधिक घटेको छ । जसको शेयरमूल्य करिब चार प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नेको इन्स्योरेन्स कम्पनीको कारोबार भएको छ । यस कम्पनीको आज ३० करोड भन्दा बढीको शेयर कारोबार भएको नेपाल स्टक एक्सेन्जले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *