समाचार

साताको कारोबारको अन्तिम दिन नेप्से सामान्य अंकले बढ्यो, ९ अर्ब ३० करोड ५२ लाख बराबरको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से बिहिबार सामान्य अंकले बढेको छ । आज नेप्से ६.३७ अंकले बढेर दुई हजार सात सय ८७ दशमलब १९ विन्दुमा पुगेको छ ।

यस्तै, आज ९ अर्ब ३० करोड ५२ लाख बराबरको कारोबार भएको छ भने आज ८कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

बिहीबार धेरैजसो समूहरु ओरालो लाग्दा बैंकिङ, विकास बैंक र फाइनान्स समूह भने उल्लेख्य बढे। यिनै समूहको दवावले नेप्से ६ अंकमा हरियो रह्यो। साताको कारोबारको अन्तिम दिन बिहिबार आज बैंकिङ १७, विकास बैंक ११३ र फाइनान्स समूह ८९ अंकले बढेका छन्। अन्य समूह १ अंकले बढेको छ ।

ब्यापार २२, होटल तथा पर्यटन १८, जलविद्युत ४२, निर्जीवन बीमा २३, उत्पादन ५६, माइक्रोफाइनान्स १३ र जीवन बीमा समूह ७८ अंकले घटेका छन्।

यस दिन मञ्जुश्री फाइनान्स, गुडविल फाइनान्स, समता माइक्रोफाइनान्स, गोर्खा फाइनान्स, युनाइटेड इदी मर्दी र जानाकी फाइनान्सको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *