अर्थ

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः प्रा.डा. पुष्पराज कँडेल नियुक्त

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः प्रा.डा. पुष्पराज कँडेल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्ष कँडेल सहित सदस्यहरु डा. कृष्णप्रसाद ओली, डा. उषा झा र मीनबहादुर शाहीलाई आयोगको गठन आदेश बमोजिम नियुक्त गरेको थियो ।

पुनः नियुक्ति पश्चात् आज बिहीबार सिंहदरबार मा सम्माननीय प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष श्री केपी शर्मा ओलीसमक्ष शपथ खाएका छन् ।शपथ ग्रहण पश्चात् माननीय उपाध्यक्षले राष्ट्रिय योजना आयोगमा एघार वटा स्मार्ट सिटीको बहुवर्षिय आयोजना स्वीकृत गर्ने निर्णयको फाइल सदर गरी पदभार ग्रहण गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *