समाचार

सेयर बजारमा पहिरोजाने क्रम जारी, सोमबार बजार ६५ अंकले घट्यो

काठमाडौ । दुई दिनमै बजार १४० अंकले घटेको छ। काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने तयारी भएपछि सोमबार बजार थप ओरालो लागेको हो।
६५.५८ अंकले घटेसँगै बजार २५०६ अंकमा कायम भएको छ। यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ७ अर्ब २८ करोड रुपैयाँको सेयर किनबेच भएकोमा सोमबार ६ अर्ब ५९ करोडको कारोबार भएको छ।

सबै समूहहरु ओरालो लागेका छन् । बैंकिङ ४०, ब्यापार १२७, होटल तथा पर्यटन ७१, विकास बैंक ८८, जलविद्युत ९९, फाइनान्स २७, निर्जीवन बीमा ३८४, उत्पादन ९५, अन्य ५४, माइक्रोफाइनान्स ११२, लगानी २ र जीवन बीमा ३५९ अंकले घटे ।

यस दिन दुई कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। विशाल बजार कम्पनी र महिला लघुवित्तको मूल्य १० प्रतिशतले बढेको हो। आजको कारोबारपछि विशालबजारको मूल्य प्रतिकित्ता ३८३२ रुपैयाँ कायम भएको छ भने महिला लघुवित्तको मूल्य २३४९ रुपैयाँ पुगेको छ। यी दुई कम्पनीको सेयर मुल्य आइतबार पनि उच्च नै थियो ।

गुमाउनेमा रिलायन्स फाइनान्स, छ्याङ्दी हाइड्रोपावर र सिन्धु विकास बैंकका लगानीकर्ता अगाडि रहे। रिलायन्सको मूल्य ८ प्रतिशतले घटेको छ भने छ्याङ्दी र सिन्धु विकासको मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।

कारोबारका आधारमा यस दिन माथिल्लो तामाकोसी अग्रस्थानमा रह्यो। सो कम्पनीको ३१ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य ५ प्रतिशत घटेर प्रतिकित्ता ७७० रुपैयाँमा आएको छ।

त्यस्तै नेपाल इन्फास्ट्रक्चर बैंकको २५ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य २।७ प्रतिशतले घटेर ५२६ रुपैयाँ कायम भएको छ। नेपाल पुनर्बीमा, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पनि कारोबारका आधारमा टप फाइभभित्र पर्न सफल भए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *