समाचार

सरकारले सार्वजनिक ग-यो नयाँ पर्यटकीय गन्तव्यको सूची

काठमाडौं। सरकारले विकास तथा निर्माण भइरहेका नयाँ पर्यटकीय गन्तव्यको सूची सार्वजनिक गरेको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकीय क्षेत्रको विकास, प्रचार प्रसार र पर्यटन गतिविधि बढाउनका लागि पूर्वाधार विकास गर्न निर्माणाधीन दुई सय पर्यटकीय गन्तव्यको सूची सार्वजनिक गरेको हो।

सरकारले तयार गरेका सूचीमा विभिन्न प्रदेशका विभिन्न स्थानीय तहमा रहेका पर्यटकीय क्षेत्रको विकास तथा निर्माणको आर्थिक लागत, निर्माण गर्न लाग्ने समय र बजेट उल्लेख गरिएको छ।

स्थानीय तहसँगको समन्वयमा लागत साझेदारीमा पर्यटन पूर्वाधार विकास कार्यक्रम अन्तर्गत दुई सय पर्यटकीय क्षेत्रको विकास, निर्माण तथा प्रचार प्रसार परियोजना सञ्चालन भएका नाम सूची सार्वजनिक गरिएको छ।

[pdfjs-viewer viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2021/02/AA_FINAL-LIST-BY-HOM_APPROVED-PROJECT-LIST.pdf download=true print=true fullscreen=false fullscreen_target=false fullscreen_text=”on” zoom=0 search_term=”” ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *