अर्थ

इन्फ्रास्टक्चर बैंकको सेयर सुरुमै ३४० रुपैयाँ प्रतिकित्ता कारोबार

काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंकको सेयर आइतबार नेप्सेको स्पेसल प्रि–ओपनिङ सेसनमा कम्पनीको सेयर ३४० रुपैयाँ प्रतिकित्तामा ओपनिङ कारोबार भएको छ ।

प्रि–ओपन सेसनमा कम्पनीको सात हजार ३८० कित्ता सेयर किनबेच हुँदा २५ लाख नौ हजार २०० रुपैयाँको कारोबार भएको छ । गत बिहीबार नेप्सेमा सूचीकरण भएको कम्पनीको सेयर पहिलो कारोबारको लागि नेप्सेले नेप्सेले कम्पनीको सेयरको पहिलो कारोबार न्यूनतम ११३ रुपैयाँ ६२ पैसादेखि अधिकतम ३४० रुपैयाँ ८६ पैसासम्म ओपनिङ रेन्ज तोकेको थियो ।

नेप्सेले आइतबारदेखि इन्फ्रास्टक्चर बैंकको सेयर कारोबार हुने जानकारी गराएको थियो । सोहीअनुसा आजदेखि कारोबार सुरु भएको हो । दुई साताअघि मात्रै बैंकले आठ करोड कित्ता प्राइमरी सेयरको आइपिओ जारी गरेको थियो । बैंकको सेयर हाल्नेले ५० र ६० कित्ता पाएका थिए ।

गत विहिबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडबीच प्रति शेयर अंकित तथा चुक्ता मुल्य एक सय रुपैयाँ कायम भएको २० करोड कित्ता शेयर सूचिकरण गर्ने सम्झौता भएको थियो ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड मार्फत आठ करोड कित्ता शेयर सर्वसाधारण, कर्मचारीहरु र सामुहिक लगानी कोषका लागि विक्री खुल्ला आब्हान गरेको र बैंकका संस्थापकहरुले लगानी गरेको १२ करोड कित्ता शेयर समेत गरी जम्मा २० करोड कित्ता शेयर वितरण भई नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण भएको थियो । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *