अर्थ

बरुण हाइड्रोको शेयर कारोबार आइतबारदेखि सुचारु हुने

काठमाडौं । गत सोमवारदेखि रोक्का रहेको बरुण हाइड्रोको शेयर कारोबार आइतवारदेखि सुचारु हुने भएको छ ।

नेप्सेले लाभांश सम्बन्धि सुचना सूचीकरण विनियमावली बमोजिम उपलब्ध नगराएको भन्दै कारोबार रोक्का गरेको हो । नेप्सेले तीनदिनभित्र कारण सहितको स्पष्टिकरण पेश गर्न निर्देशन दिदैं कारोबार रोक्का गरेको थियो ।

बरुण हाइड्रोले मंसिर ३० गते मंगलवार नेप्सेमा स्पष्टिकरण पठाउँदै सुचना प्रवाह सम्बन्धि कानुन थाहा नभएको र आगामी दिनमा यस्तो गल्ति नहुने प्रतिवद्धता व्यक्त गरेकाले नेप्सेले कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *