अर्थ

नेप्सेमा सुधार, चार अर्ब १४ करोडको कारोवार

काठमाडौ । अघिल्लो दिन घटेको नेप्से आज अन्तिम कारोवार दिन बिहिबार भने बढेको छ । नेप्से आज आठ दसमलव २७ अंकले बढेर १९ सय ६४ दसमलव दुई बिन्दुमा चढेकोमा सेन्सिटिभ पनि दुई दसमलव ३२ अंकले बढेर तीन सय ७४ दमसलव दुई बिन्दुमा चढेको छ ।


आज दुई सय चार वटा कम्पनीहरुको ३९ हजार चार सय १० पटकको कारोवारमा ९८ लाख ८३ हजार एक सय ९७ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम चार अर्ब १४ करोड ६३ लाख २१ हजार ५० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको भएकोमा बिकास बैक जलबिद्युत समुहको सुचक घटेर रातो भएपनि बाँकी समुहको सुचक बढेर हरियो भएकाछन । आज बाँणिज्य बैंक समुहको सुचक आठ दसमलव ४६ अंकले बढेर १४ सय ३५ दसमलव ७७ बिन्दुमा चढेकोमा ट्रेडिङ, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य, लघुबित्त र सामुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेकाछन ।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको लिर्वटी इर्नर्जी कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर दुई सय ४२ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको अपर तामाकोशी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य भने नौ दसमलव ८७ प्रतिसतले घटेर चार सय ७५ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता १९ सय रुपैयाँ अन्तिम मुल्यमा ३७ करोड ३२ लाख चार सय ८६ रुपैयाँको कारोवार भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *