काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, एकान्तकुनामा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।
अब ललितपुरको एकान्तकुनास्थित यातायात ब्यवस्था कार्यालयका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजश्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टरमार्फत् सजिलै संग भुक्तानी गर्न सक्नेछन् ।
करिब पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ३ एक्सटेन्सन काउन्टर (यस एक्सटेन्सन काउन्टर सहित)मार्फत् सेवा प्रदान गरीरहेको सिभिल बैंकले करीव रु. ७० अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ६१ अर्व भन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।




