काठमाडौं । चन्द्रागिरी हिल्सको चन्द्रागीरी हिल्सको आइपिओ सर्वसाधारणका लागि खुला भएको छ । कम्पनीले आज (मंसिर १७ गते) देखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओं) बिक्री खुला गरेको हो ।
कम्पनीले पहिलो चरणमा परियोजना सञ्चालन रहेको स्थानीय बासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा तीन लाख ६ हजार ८१९ कित्ता सेयर निष्कासन खुला गरेको हो ।
आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्लाअन्तर्गत चन्द्रागीरी नगरपालिका वडा नम्बर ३, ४, ६ र ७ तथा मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ९ र १० र इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ का स्थानीयले मात्रै पहिलो चरणमा आवेदन दिन पाउनेछन् ।
कम्पनीको सेयरमा लगानी गर्न चाहाने स्थानीयल न्यूनतम १० कित्ता देखि अधिकतम ३ हजार ६० कित्तासम्म आवेदन दिन सक्नेछन् ।




