काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी चन्द्रप्रसाद ढकालले महासंघको नेतृत्वमा पुग्ने व्यक्तिसँग आफ्नै भिजन र एजेण्ड हुनुपर्ने बताए ।
महासंघको जारी साधारणसभाका क्रममा शुक्रबार बन्द सत्रमा उनले भने, ‘कुनै पनि संस्थाको नेतृत्व गर्न जाने व्यक्तिसँग महासंघलाई कुशलतापूर्वका हाँक्ने, संस्थाको गरिमालाई उँचो बनाउने र त्यसमा आबद्ध सरोकारवालाको भविष्यलाई सुनिश्चित गर्ने भिजन र एजेन्डा हुनुपर्छ ।’ उनको आसय अर्का प्रत्यासीसँग आफ्नै एजेन्डा र भिजन नरहेको र उनले चुनावको अन्तिम दिनसम्म पनि आफ्नो नभएर अर्कैको एजेन्डामा रहेको भन्ने थियो ।
ढकालले भने, ‘म यस संस्थाको नेतृत्वमा आएर आफ्नै भिजन र एजेण्डामार्पmत् महासंघलाई आमूल परिवर्तन गर्दै व्यवसायी साथीहरुको मनोबल उच्च बनाउने र देशमा उद्योगमैत्री तथा व्यवसायमैत्री वावतावरण बनाउन सक्छु, मसँग आफ्नै भिजन र एजेन्डा छन्, हामीलाई चाहिएको निजी क्षेत्रका एजेन्डा हुन जो हामीले बोकेका छौँ, आगामी दिनमा यी पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।’
उनले महासंघमा हुने विजय या पराजय सफलता र असफलता होइन् ढकालले भने ‘महाधिवेशन पछि पनि हामी टाढा हुने छैनौ, हाम्रो ब्यापार र उद्यमले हामीलाई जोड्ने नै छ ।’
ढकालले आधा शताब्दी लामो गौरवशाली इतिहास बोकेको नेपाल उद्योग बाणिज्य महासंघको नेतृत्व गर्नका लागि निजी क्षेत्रको विकास गर्ने एजेन्डा र भिजन भएको वास्तविक व्यवसायी नै आउनु पर्ने बताए ।
राजधानीमा मंसिर ११ गतेबाट सुरुभएको महासंघको ५४ औं साधारणसभामा बोल्दै ढकालले आम उद्योगी व्यवसायीको वास्तविक एजेन्डालाई प्राथमिकता नदिएर अरु कसैको आढ भरोसामा उमेद्वारी दिएका व्यक्तिले महासंघलाई नयाँ गति दिन नसक्ने जिकिर गरे ।




