अर्थ

नेप्सेले तोड्यो अहिलेसम्मकै रेकर्ड, परिसूचक १९०० माथि

काठमाडौं। चार वर्षपछि सेयर बजारमा उछाल आएको छ । सेयर बजार परिसूचकले नयाँ रेकर्ड कामय गरेको छ।
साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर १९०० अंकभन्दा माथि पुगेपछि नयाँ रेकर्ड बनेको हो। २०७३ सालमा परिसूचकले सबैभन्दा बढी अंक १८८१ अंकको रेकर्ड कायम गरेको थियो।
बिहीबार कारोबार सुरु भएलगत्तै बढेर १९१५ अंक पुगेको थियो। फेरि घटेको नेप्से परिसूचक १ बजेसम्म १९०० अंकमा कायम छ।
१ बजेसम्ममा नेप्सेमा ४५ लाख ६८ हजार कित्ता सेयर किनबेच भएर भएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *