अर्थ

एकैदिन ३४ सयले घट्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ

काठमाडौं । केही दिनयता सुनको मूल्यमा तीव्र गिरावट आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ३४ सय रुपैयाँले घटेको छ ।

सोमबार ९८ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार ९४ हजार ८ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यस्ते तेजाबी सुन तोलामा ९४ हजार तीन सय रुपैयाँले कारोबार भइरहेको छ ।
यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका अनुसार चाँदी तोलामा ७० रुपैयाँले घटेर१२ सय १५ रुपैयाँ कायम भएको छ ।

एकैदिन सुनचाँदीको मूल्यमा उच्च गिरावट आउनुलाई कोरोनाविरुद्धको भ्याक्सिन निर्माणलाई कारण मानिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *