अर्थ

बढ्यो सुनको मूल्य

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आइतवार पनि बढेको छ । शुक्रबारको तुलनामा आज सुन प्रतितोला पाँच सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार २ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२७५ रहेको महासंघले जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *