काठमाडौं।सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सेयरधनीलाई ६.७५ प्रतिशत लाभांश घोषणा गरेको छ । बैकको २०७६ माघ २३ गते बसेको सञ्चालक समितिको ३०३ औं बैठकले लाभांश दिने घोषणा गरेको हो । २०७५/७६ को मुनाफाबाट उक्त लाभांश प्रस्ताव गरिएको बैकले जनाएको छ ।
२०७६ आषाढ मसान्तमा कायम चुक्ता पुँजीको २ प्रतिशतले हुनआउने रकमबाट बोनश शेयर वितरण गर्ने र कुल चुक्ता पुँजीको ४.७५ प्रतिशतले हुनआउने रकम नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव बैकले गरेको छ ।
प्रस्तावित लाभांश स्वीकृतको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय पारित बैंकले गरेको छ ।
सम्बन्धित समाचार
२९ बैशाख १२:२१
२८ बैशाख ०८:५६
२९ बैशाख ०८:५७
२९ बैशाख १२:०४
३१ बैशाख १०:१८
२७ बैशाख १४:५०




