राजनीति

यी हुन् रास्वपाबाट रुपन्देही–३ मा उम्मेदवार बन्न आवेदन दिएकाहरू

काठमाडौं। उपनिर्वाचनका लागि रूपन्देही ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्न आवेदन दिनेहरूको सूची सार्वजनिक भएको छ ।

रास्वपाले आज नौ जनाको नामावली सार्वजनिक गरेको हो । आवेदन दिनेमा शुलभ खरेल, पाथवेन्द्र उपाध्याय, डा.लेकजंग थापा, ज्ञानु पौडेल, जित बहादुर गुप्ता, कुशम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रहवाल र मधुप्रसाद अर्याल रहेका छन् ।

आवेदनका लागि साउन ७ गते बिहान १० बजेदेखि २१ गते बेलुका ५ बजेसम्मको समयसीमा तोकिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *