देश

ललिता निवास जग्गा प्रकरण: नेपाल र भट्टराईविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्धको ललिता निवास जग्गा प्रकरणको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

उनीहरुविरुद्धको मुद्दा आजबाट सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाई भएको हो । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू टेकप्रसाद ढुंगाना र नित्यानन्द पाण्डेसहितको पूर्ण इजलासमा सुनुवाई भएको हो । तर, आज बहस नसकिएपछि उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *