राजनीति

कमल थापाले आज बोलाए कार्यसम्पादन समितिको बैठक

काठमाडौं । राप्रपा नेपाल कार्यसम्पादन समितिको बैठक बस्दैँछ ।

आज दिउँसो १ः३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बस्ने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

मुलुकमा विकसित भएको पछिल्लो  राजनितिक घटनाक्रम, आन्दोलनको तयारी र पार्टीको भुमिकाको बारेमा अध्यक्ष कमल थापाबाट कार्यसम्पादन समितिमा ‘ब्रीफिङ’ हुने बताईएको छ ।

 

तिनकुने घटना र सो घटनाको आधारमा पक्राउ परेकाहरुको रिहाईको बारेमा समेत छलफल हुनेछ । राप्रपा नेपालले तिनकुने घटनाको बारेमा निष्पक्ष छानबिन हुनुपर्ने र पक्राउ परेकाहरुलाइ रिहाई गर्नुपर्ने धारणा यस अघि नै सार्बजनिक गरिसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *