राजनीति

काँग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको संसदीय दलको बैठक बिहिबार बस्ने तय भएको छ । बैठक संघीय संसद भवनको ल्होत्से हलमा बिहान साढे ८ बजे बस्नेछ ।

आजको बैठकमा पार्टीका तर्फबाट बनेका मन्त्रीहरूले आफ्नो कार्यकालमा गरेका कार्यको जानकारी र सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने बताइएको छ ।

आजको बैठकमा आज प्रतिनिधि सभामा पेस हुने अध्यादेशका विषयमा पनि छलफल हुनुका साथै प्रतिनिधि सभा बैठकमा आज ६ वटा अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *